रामेश मप्रति सकारात्मक थिएनन्, तर देश छाड्दा दु:खी छु : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २९ साउन २०८२ ७:१६ | Thursday, August 14, 2025
रामेश मप्रति सकारात्मक थिएनन्, तर देश छाड्दा दु:खी छु : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- गंगालाल हृदय रोग केन्द्रका चिकित्सक रामेश कोइरालाले पेसा र देश छाडेर अमेरिका लागेपछि समाजिक सन्जालमा चर्चा भइरहेको छ। विभिन्न स्वास्थ्य प्रतिष्ठानको उपकुलपति बन्न चाहेको तर वैकल्पिकमा परेका कारण
निराशाले देश छाडेको भन्ने हल्ला चलिरहेको छ।

रामेशको पलायनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी भएको अभिव्यक्ति दिएका छन्। रामेश आफूप्रति सकारात्मक नभएका भए पनि पलायनले दुखी भएको बताएका छन्।

लिङ्देनले रामेश र आफू एकै निवार्चन क्षेत्रका भएको बताएका छन्। यद्यपि रामेश र आफ्नो भेटघाट र कुराकानी नभएको बताएका छन्। लिङ्देनले रामेशको पलायनसँगै एक अब्बल चिकित्सक देशले गुमाएको बताएका छन्। उनले
देश छाडिरहने प्रक्रिया कहिलेसम्म चल्छ? भन्दै प्रश्न गरेका छन्।

प्रकाशित: २९ साउन २०८२ ७:१६ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast