अधिवेशनमै लफडा भएपछि राप्रपाको धवलपक्षले बनायो युवा संघ अध्यक्षमा लामा [नामावलीसहित]

हिमाल प्रेस २८ साउन २०८२ १३:४३ | Wednesday, August 13, 2025
अधिवेशनमै लफडा भएपछि राप्रपाको धवलपक्षले बनायो युवा संघ अध्यक्षमा लामा [नामावलीसहित]

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ कमिटीमा समानान्तर कमिटी गठन भएको छ। समानान्तर समितिको अध्यक्षमा ज्योती लामाको नेतृत्वमा बनाइएको हो।

पार्टी महामन्त्री धवलशमशेर राणा निकट समूहले समानान्तर बनाएको हो। जसको अध्यक्षमा
ज्योती लामा छन्। अन्यलाई सदस्यमा राखिएको छ। अधिवेशनस्थलका एक युवा नेताका अनुसार २८ सदस्य समिति बनाइएको छ। तर यो बढ्ने क्रममा छ।

अधिवेशन स्थलमा हातहाल भएपछि महाधिवेशन स्थगित भएको छ। त्यही कारण राणा पक्षले समानान्तर बनाएको हो।

प्रकाशित: २८ साउन २०८२ १३:४३ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast