राप्रपा युवा संघको लफडाले स्थगित भयो अधिवेशन, इतर पक्षले बनायो समानान्तर

हिमाल प्रेस २८ साउन २०८२ १३:२९ | Wednesday, August 13, 2025
राप्रपा युवा संघको लफडाले स्थगित भयो अधिवेशन, इतर पक्षले बनायो समानान्तर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन स्थलमा हातहाल भएपछि महाधिवेशन स्थगित भएको छ।

अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै दुई समूहका युवाहरू होहल्ला गर्दै हातहाल गरेका थिए।

विवाद बढेपछि अधिवेशन कार्यक्रम नै स्थगित भएको छ। कार्यक्रममा लिङ्देनकै अगाडि राणापक्षका युवाहरूले उनीविरुद्ध नाराबाजी गरेपछि उठेर यो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित भएको सूचना सुनाए।

अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेताहरू छुट्टाछुट्टै छलफलमा छन्। राप्रपामा लिङ्देन र महामन्त्री धवलशमशेर राणा समूह हुन्। राणा समूहले समानान्तर बनाएको छ।

प्रकाशित: २८ साउन २०८२ १३:२९ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast