रूपन्देही ३ उपनिर्वाचन : उम्मेदवार टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा

हिमाल प्रेस २८ साउन २०८२ ८:४९
16
SHARES
रूपन्देही ३ उपनिर्वाचन : उम्मेदवार टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा

काठमाडौँ- नेकपा एमाले रूपन्देहीले क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नम्बर ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।

मंगलबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका ४ जना मध्येबाट उम्मेदवार सिफारिस गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको हो।

एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले जिल्ला सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप पदाधिकारीले उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गर्ने जानकारी दिए।

२०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। सर्वसम्मत सिफारिस गर्न पार्टी भित्र छलफल चलाउन थालेको हो।

प्रकाशित: २८ साउन २०८२ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast