युवा संघ कमिटी विस्तारले फेरि विवाद, समानान्तर कमिटी बनाउन लाग्यो राई समूह

हिमाल प्रेस २८ साउन २०८२ ८:२० | Wednesday, August 13, 2025
युवा संघ कमिटी विस्तारले फेरि विवाद, समानान्तर कमिटी बनाउन लाग्यो राई समूह एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र युवासंघका अध्यक्ष सञ्जीव राई।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट युवा संघमा फेरि विवाद बढेको छ। युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको सर्कुलरप्रति सन्जीव राई समूह असन्तुष्ट बनेको छ। युवा संघको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको सर्कुलर जारी भएको छ।

तर आयोजक कमिटी गठनको सर्कुलरप्रति सहसंयोजक सन्जीव राईले सार्वजनिक आपत्ति जनाएका छन्।

‘कथित कार्यदल, कथित आयोजक कमिटी, कथित इन्चार्ज,’ राईले लेखेका छन्, ‘कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्बद्ध सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध छ ।’

राईले युवा संघ नेपाल पुनगर्ठन गरिने चेतावनी पनि दिएका छन् । ‘अब असली युवा संघ नेपाल पुनर्गठन गर्दै समाजवादी आन्दोलनले सही दिशा पक्रने छ’, उनले लेखेका छन् ।

राई पूर्वप्रधानमन्त्री झलनाथ खनाल पक्षका नेता हुन् । युवा इन्चार्ज केसी पार्टी अध्यक्ष माधव नेपाल निकट हुन्। यसअघिबाटै राई समूह समानान्तर भेलामा लागेको छ। अब देशभर समानान्तर कमिटी बनाउने राई समूहको भनाइ छ।

प्रकाशित: २८ साउन २०८२ ८:२० | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast