रविलाई भेटेपछि लिङ्देनले भने : कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित छ

हिमाल प्रेस २८ साउन २०८२ ७:०४ | Wednesday, August 13, 2025
रविलाई भेटेपछि लिङ्देनले भने : कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित छ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई राखिएको रूपन्देही कारागार सुविधा र सुरक्षाका दृष्टिकोणले अनुपयुक्त रहेको बताएको छ।मंगलबार लामिछानेसँगको भेटपछि लिङ्देनले आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित गरिएको बताएका छन्।

‘देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ। भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त छ,’ भेटपछि लिङ्देनले फेसबुकमा लेखेका छन् ।

उनका अनुसार, लामिछानेसँग भेटमा राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रूपन्देहीमा हुने उपनिर्वाचनलगायत विषयमा कुराकानी भएको थियो।

प्रकाशित: २८ साउन २०८२ ७:०४ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast