भारतको उत्तराखण्डमा मंगलबार आएको आरीघोप्टे वर्षापछि भएको क्षति। तस्बिर साभार : स्टेट डिजास्टर रेस्पोन्स फोर्स/उत्तरकाशी
काठमाडौँ- भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीको सूची नयाँ दिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ।
पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी सम्पर्कविहीन भएका उनीहरूको नाम दूतावासले सोमबार सार्वजनिक गरेको हो।
सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, थर नखुलेका प्रभात र केशव, निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षीय रमेश र २२ वर्षीया प्रिया रहेका छन्।
बाँकी हराइरहेका व्यक्तिहरूको नाम, ठेगाना र विवरण संकलन भइरहेको दूतावासले जनाएको छ।

प्रकाशित: २७ साउन २०८२ १०:५३ | Tuesday, August 12, 2025
प्रतिक्रिया


