फ्युचरामा २०२५ : प्रविधिमैत्री भविष्यतर्फ नेपाली युवाको यात्रा

हिमाल प्रेस २५ साउन २०८२ २०:२१
12
SHARES
फ्युचरामा २०२५ : प्रविधिमैत्री भविष्यतर्फ नेपाली युवाको यात्रा

काठमाडौँ- सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यसहित इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडमी काठमाडौँको सहकार्यमा तीनदिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ सम्पन्न गरेको छ।

साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई प्रदर्शन गरिएको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायकहरू– प्रोजेक्ट कृषक (फार्म बोट), टेलिप्रजेन्स रोबोट तथा विभिन्न एनिमेशनहरूले दर्शकको विशेष ध्यान खिचेको थियो।

कार्यक्रममा डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा अन्तरक्रियात्मक स्टल, प्रत्यक्ष प्रस्तुति र कार्यशाला सञ्चालन गरिएका थिए।

प्रमुख समन्वयकर्ता अनिश आचार्यले फ्युचरामाको मुख्य उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर दिने रहेको बताए।

कार्यक्रमको अन्तिम दिन युवामाझ चर्चित ‘कफी टक’ कार्यक्रम पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार तीन दिनको अवधिमा साढे तीन हजारभन्दा बढी युवाहरूले प्रदर्शनी अवलोकन गरेका थिए।

प्रकाशित: २५ साउन २०८२ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast