
काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सामाजिक सञ्जाल एक्समार्फत छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक बेपत्ता भएको खबरप्रति दुःख व्यक्त गर्दै खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको बताएकी छन्।
मन्त्री देउवाले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपालीहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएको बताइन्।
‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ। उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ उनले एक्समा लेखेकी छन्,‘नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु। सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
उत्तराखण्डमा आरीघोप्टे वर्षाले ठूलो क्षति, नेपालमा यस्तो वर्षाको सम्भावना कति?