गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

हिमाल प्रेस २३ साउन २०८२ १०:४१
12
SHARES
गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा- गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार संघका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्। शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए।

गोसाइँकुण्डमा हिमालयन उद्धार संघले ६ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पुर्‍याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन्।

सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २३ साउन २०८२ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast