मेरो भूमि शिखा बनेर बलोस्

शोभा खतिवडा ७ भदौ २०८२ १८:०७ | Saturday, August 23, 2025
2
SHARE
मेरो भूमि शिखा बनेर बलोस्

नेपाली हुनुमा सधैँ जगतको शोभा बुझेरै रमौ
गोर्खाली हुनुमा झनै हृदयको आभा भनेरै बसौँ
यो मेरो मनका शुभाशुभ सबै बोकेर राखौँ सदा
मेरो भूमि सदा शिखासरि बले साऱ्है रमाऊँ म ता।।१।

आज्ञाको शुभ दीप बाल दिलमा आभा दिने साथमा
नीलाभा खुब खास राख मनमा सारा कुरा माथमा
गौरीका भव, भाव, लाभ शिरमा बोकी रमाऊँ यता
मेरो भूमि सदा शिखा सरि बले साह्रै रमाऊँ म ता।।२।

आँखाका डिलमा र माथ बिचमा मेरो धरा साँचिने।
ज्योतीले जगतै भरी झलमली दीयो सरी बालिने
साराको मनमा स्वभाव रसिलो लालित्य पैदा हुँदा
मेरो भूमि सदा शिखा सरि बले साह्रै रमाऊँ म ता ।३।

ओभानो मनको सुवास गतिलो साहित्य सौदामिनी
औँसीको पलमा सदा सुरसिलो लालित्य ओढाउने
पूजाका सुकिला ति थालहरुमा आदित्य द्यौता हुँदा
मेरो भूमि सदा शिखा सरी बले साह्रै रमाऊँ म ता। ।४।

गौरीका भवभाव बोक मुटुमा गौरांग धारा सरी
ओढाई शुभलाभ थोप दिलमा सौभाग्य सारा सजी
प्रज्ञाका बलमा सजाइ मनको पोको सजाऊँ सदा
मेरो भूमि सदा शिखा सरी बले साऱ्है रमाऊँ म ता। ।५।

प्रकाशित: ७ भदौ २०८२ १८:०७ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast