
काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने भएको छ ।
अखिल क्रान्तिकारीले बिहीबार अध्यक्ष प्रचण्डसँग शैक्षिक संवाद गर्न लागेको हो। विद्यार्थी संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले शिक्षा क्षेत्रका वृहत्तर पक्षमा पार्टी अध्यक्ष प्रचण्डसँग सवाल–जवाफ हुने जानकारी गराए ।
बिहीबार बिहान ११:३० बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा ‘विद्यार्थीसँग अध्यक्ष कमरेड प्रचण्ड शैक्षिक संवाद’ कार्यक्रम राखिएको छ ।
प्रकाशित: २२ साउन २०८२ ७:१२
प्रतिक्रिया