सहायक हवल्दार कोइरालाको साहसिक कार्यको संसद्‌मा प्रशंसा, सम्मान गर्न सरकारसँग आग्रह

हिमाल प्रेस २० साउन २०८२ १४:५०
884
SHARES
सहायक हवल्दार कोइरालाको साहसिक कार्यको संसद्‌मा प्रशंसा, सम्मान गर्न सरकारसँग आग्रह

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा काभ्रेको बनेपास्थित पुण्यमाता खोलामा बगाउँदै ल्याएको व्यक्तिलाई उद्धार गर्ने प्रहरी सहायक हवल्दार कृष्णप्रसाद कोइरालाको प्रशंसा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपेनता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाको मंगलबारको बैठकमा कोइरालाको साहसिक कार्यको प्रशंसा गरेका हुन्।

बनेपाको पुण्यमाता खोलाले आइतबार  बगाउँदै ल्याएको व्यक्तिलाई कोइरालाले हामफाली सकुशल उद्धार गरेका थिए। सांसद श्रेष्ठले भने, ‘साहसिक कार्य गर्ने कोइरालाप्रति यस सदनमार्फत प्रशंसा र हार्दिक धन्यवाद व्यक्त गर्दछु।’  श्रेष्ठले आफ्नो दायित्व र कर्तव्य निष्ठापूर्वक निर्वाह गरेकाले कोइरालालाई नेपाल सरकारले यथोचित सम्मान र प्रोत्साहन गर्नुपर्ने माग पनि गरे।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ का कोइराला प्रदेश प्रहरी कार्यालय बनेपामा कार्यरत छन्। पुण्यमाता खोला सोही कार्यालयअगाडिबाट बग्छ। करिब सय मिटर माथिबाट बग्दै आएका पुरुषलाई देखेपछि हामफालेर सकुशल उद्धार गरेको कोइरालाले बताए।

कोइराला आइतबार पानी परिरहेका बेला कार्यालयमा ड्युटीमा थिए। सोही बेला बेला मान्छे बगाउँदै ल्याउँदै छ भनेर हल्ला भयो। केही प्रहरी उद्धारका लागि खोलातर्फ दौडिएपछि उनी पनि काम छाडेर उद्धार कार्यमा दौडिएका थिए। कोइरालाले भने, ‘म त काम गर्दागर्दै झ्यालबाटै हामफालेर खोलातिर कुदेँ।’ उनी सहकर्मी रामकृष्ण थापासँगै बगाउँदै ल्याएको मानिसको उद्धारका लागि खोलामा हामफालेको बताउँछन्। ‘त्यसपछि बग्दै आएका ती व्यक्तिलाई उद्धार गर्न सफल भयौँ’, कोइरालाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast