
दाङ- अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ।
दाङ-सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराई जानकारी दिए।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका-३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन्। सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: २० साउन २०८२ १०:३१
प्रतिक्रिया