बहुविवाहसम्बन्धी संशोधन प्रस्तावप्रति डा. डिला संग्रौलाको आपत्ति

हिमाल प्रेस २० साउन २०८२ ९:१३ | Tuesday, August 5, 2025
बहुविवाहसम्बन्धी संशोधन प्रस्तावप्रति डा. डिला संग्रौलाको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बहुविवाहसम्बन्धी संशोधन प्रस्तावप्रति आपत्ति जनाएकी छन्। उनले केही दिनअघि मिडियामार्फत सार्वजनिक भएको बहुविवाहसम्बन्धी प्रस्तावित कानुन गलत रहेको ठहर गरेकी छन्।

एक विज्ञप्ति सार्वजनिक गर्दै बहुविवाह फौजदारी अपराधको रूपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य हुने बताइन्।

उनले विज्ञप्तिमा भनेकी छिन् ‘बहुविवाह फौजदारी अपराध हो। बहुविवाह संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । मुलुकका सामु थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन।’

प्रकाशित: २० साउन २०८२ ९:१३ | Tuesday, August 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast