काठमाडौँ- राजावादीले चैत १५ मा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंलाई तीन लाख रुपैयाँ, सुशील बराल, सरोज गौतमलाई ५०/५० हजार र दण्डपाणि रेग्मीलाई १० हजार धेरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
चैत १५ को प्रदर्शन हिंसात्मक हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
                            प्रकाशित: १९ साउन  २०८२ १९:५५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

