अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सहअध्यक्षमा राप्रपाका कार्की निर्वाचित

हिमाल प्रेस १७ साउन २०८२ ९:१३ | Saturday, August 2, 2025
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सहअध्यक्षमा राप्रपाका कार्की निर्वाचित

काठमाडौँ- अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमतजंग कार्की निर्वाचित भएका छन्।

परिषद बैठक अमेरिकाको नेसभिल शहरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (IYDU) इन्टरनेशनल डेमोक्रेसी युनियन (IDU) को भगिनी संस्था हो।

(IDU) विश्वभरका लिबरल डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था हो र यसमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ। IDUको अध्यक्षमा अष्ट्रियाकी ईभा डोहोलेभा निर्वाचित भएकी छिन्।

सहअध्यक्षमा नेपालबाट राप्रपाका हिक्मतजंग कार्की, महासचिवमा ग्रीसका ओस्ट्रियोस, कोषाध्यक्षमा अष्ट्रेलियाबाट तथा सह-महासचिव पदमा अमेरिकाबाट प्रतिनिधित्व भएको छ। कार्की यसअघि आइवाइडियुको उपाध्यक्ष रहेका थिए।

नयॅा कार्यसमितिका लागि भएको मतदानमा ३९ देशको IDU सदस्य दलको प्रतिनिधित्व रहेको थियो।

प्रकाशित: १७ साउन २०८२ ९:१३ | Saturday, August 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast