मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरू गर्ने माओवादीको तयारी

हिमाल प्रेस १६ साउन २०८२ १७:४० | Friday, August 1, 2025
मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरू गर्ने माओवादीको तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो सातापछि पुनः सुरु गर्ने तयारी गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोश्रो सातापछि लमजुङबाट पुनः सुरु गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।

बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीका बारेमा जानकारी गराएको पोखरेलले बताए। पार्टीको केन्द्रीय कमिटी बैठक दशैँ र तिहारको बीचमा बस्ने प्रस्ताव आएको उनले जानकारी दिए।

बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरुले शनिबारबाट धारणा राख्ने क्रम सुरु हुने पोखरेलले बताए।

प्रकाशित: १६ साउन २०८२ १७:४० | Friday, August 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast