मुख्यमन्त्री लामालाई पदत्याग गर्न बानियाँको आग्रह

हिमाल प्रेस १६ साउन २०८२ १०:२५
40
SHARES
मुख्यमन्त्री लामालाई पदत्याग गर्न बानियाँको आग्रह

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’,बानियाँले  भने।

आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव भने नरहेको उनले बताए।

प्रकाशित: १६ साउन २०८२ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast