नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत

हिमाल प्रेस १५ साउन २०८२ १७:२४ | Thursday, July 31, 2025
नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी चयन भएका छन्। दुई दिनदेखि काठमाडौँमा जारी नाउपाको राष्ट्रिय भेलाले लालवीरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। बुधबार सुरू भएको नाउपाको राष्ट्रिय भेला बिहीबारसम्म चलेको थियो।

बुधबार बसेको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। यद्यपि रञ्जिताले भने नाउपाको अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन्।

उनले अध्यक्षको हैसियतमै बिहीबार पार्टी संसदीय दलका नेता गंगाराम चौधरीसँग २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधानविपरित आफूलाई अध्यक्षबाट हटाउने प्रयत्न गरेको भन्दै रञ्जिताले २४ घन्टे स्पष्टीकरण सोधेकी हुन्।

प्रकाशित: १५ साउन २०८२ १७:२४ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast