बागमती : कांग्रेस संसदीय दलको निर्वाचनमा शतप्रतिशत मतदान

हिमाल प्रेस १४ साउन २०८२ १५:११
94
SHARES
बागमती : कांग्रेस संसदीय दलको निर्वाचनमा शतप्रतिशत मतदान

काठमाडौँ- बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ। निर्वाचनमा कांग्रेसका सबै सांसदहरूले मतदान गरेका हुन्। हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले भाग लिए।

संसदीय दलका नेताका लागि मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा र सांसद इन्द्र बानियाँले प्रतिस्पर्धा गरेका छन्।

लामाविरूद्ध अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता चयन गर्न बुधबार निर्वाचन भएको हो। अविश्वास प्रस्तावपछि संसदीय दलको नेताबाट हटेका लामाले पुनः प्रतिस्पर्धा गरेका हुन्।

बागमतीको मुख्यमन्त्री फेर्न लामाविरूद्ध कांग्रेसका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रकाशित: १४ साउन २०८२ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast