नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

हिमाल प्रेस १२ साउन २०८२ २०:४६ | Monday, July 28, 2025
नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्सको गला कन्सर्ट भैरहवामा सम्पन्न भएको छ। गत जेठ महिनामा जारी गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूको सम्मानमा नेशनल लाइफ इन्स्योरेन्सले गला कन्सर्ट गरेको हो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, शाखा प्रमुखसहित ३५० जनाको उपस्थिति रहेको थियो।

कन्सर्टमा अभिकर्ताहरूलाई तनाव व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो। प्रशिक्षक रामहरि पौडेलले तनाव व्यवस्थापनका विविध आयामबारे व्यावहारिक जानकारी प्रस्तुत गरेका थिए।

त्यस्तै सांगीतिक मनोरञ्जन कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कोइराला, चर्चित गायकगायिका प्रकाश सपुत, समीक्षा अधिकारी, बाबुल गिरी र भोजपुरी गायक सोनुकुमार मण्डलले प्रस्तुति दिएका थिए। त्यस्तै डिजे अमुले पनि कार्यक्रममा प्रस्तुति दिए।

प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको जोश, उत्साह र योगदानको प्रशंसा गर्दै गत वर्षदेखि गरिएको गाला कन्सर्ट कार्यक्रमलाई आगामी दिनमा थप व्यापक बनाउन प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: १२ साउन २०८२ २०:४६ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast