महानगरको सफाइ कर्मचारी हुँ भन्दै १३ लाख असुलेपछि…

हिमाल प्रेस १२ साउन २०८२ २०:३९ | Monday, July 28, 2025
महानगरको सफाइ कर्मचारी हुँ भन्दै १३ लाख असुलेपछि…

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कर्मचारी हुँ भन्दै १३ लाख २५ हजार असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ।

लामाले काठमाडौँ महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा निज महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म १३ लाख २५ हजार असुली गरेको र निजको साथबाट नगद छ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८२ २०:३९ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast