‘द ब्ल्यू लाइट’ को पोस्टरमा बेनिशा, सृष्टि र अर्पणको लुक्स

हिमाल प्रेस १२ साउन २०८२ १०:१६
10
SHARES
‘द ब्ल्यू लाइट’ को पोस्टरमा बेनिशा, सृष्टि र अर्पणको लुक्स

काठमाडौँ- साइकोलोजिकल थ्रिलर जनरामामा बनेको फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।  पोस्टरसँगै निर्माण टिमले ५८ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेका छन्। जसमा बुबाको मृत्यु भएको सपना देखेर डराइरहेकी छोरीको कथा देखाइएको छ। र छोरीले देखेको सपनाले उसभित्र परेको मनोवैज्ञानिक असरलाई बुबाले पन्छाउन खोजेका छन्।

भिडियोमा अभिनेत्री बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अभिनेता अर्पण थापा अटाएका छन्। फिल्ममा महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल र सारा शर्मालगायत कलाकारको अभिनय छ।

बलिराम चौहानको निर्देशनमा बनेको फिल्म मंसिर १२ मा प्रदर्शन हुनेछ। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता निर्देशक बलिराम चौहान नै हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast