
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित गरिएको हो।
सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन्।
‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ उनले भनेका छन्। अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने उनको विश्वास छ।
प्रकाशित: १२ साउन २०८२ ९:३९
प्रतिक्रिया