पार्टी नेतृत्वलाई सुदन किरातीको अनुरोध : विचार र योगदान बचाउन चाकडी र चाप्लुसी प्रवृत्ति निषेध गरौँ

हिमाल प्रेस ११ साउन २०८२ ८:२७ | Sunday, July 27, 2025
पार्टी नेतृत्वलाई सुदन किरातीको अनुरोध : विचार र योगदान बचाउन चाकडी र चाप्लुसी प्रवृत्ति निषेध गरौँ फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा नेतृत्वलाई लिएर विवाद बढेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पछिल्लो समय दोस्रो स्तरका नेताहरू हाबी हुँदै जाँदा तिक्तता बढेको छ।
पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नेतृत्व हस्तान्तरणको प्रश्न उठाएका छन्।

सार्वजनिकरूपमा निरन्तर प्रश्न उनले उठाएपछि प्रचण्डले पनि घुमाउरो शैलीमा ३६ वर्षदेखि पार्टी हाकेककाले कसैलाई तनाव भएको बताएका छन्। यसरी ध्रुवीकरण बढ्दा पार्टी नेतृत्वलाई बलियो बनाउन माओवादी नेता एव‌ं प्रतिनिधिसभा सदस्य सुदन किरातीले ४ बुँदे सर्त सार्वजनिक गरेका छन्।

उनले पार्टीको केन्द्रीय समितिको स्प्रिड कार्यान्वयन गर्न दृढता पूर्वक लागू गर्नुपर्ने बताएका छन्। किरातीले पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तिव्र बनाउनुपर्ने, सहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोप तथा लालच त्याग्न तयार हुनुपर्ने र प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्नुपर्ने बताएका छन्।

किरातीले नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्नुपर्ने औल्याएका छन्। किराती माओवादीभित्र जनार्दननिकटस्थ मानिन्छन्।

प्रकाशित: ११ साउन २०८२ ८:२७ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast