विद्या भण्डारी पक्षमा खुलेका युवा संघका प्रदेश अध्यक्ष निलम्बित

हिमाल प्रेस १० साउन २०८२ १०:१३
80
SHARES
विद्या भण्डारी पक्षमा खुलेका युवा संघका प्रदेश अध्यक्ष निलम्बित

काठमाडौँ- नेकपा एमाले निकट युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन्। उनलाई आचारसंहित उल्लंघन गरेको अभियोगमा संघले कारबाही गरेको हो।

साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।
खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।

खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।

उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए। नेताहरूका अनुसार खरेल पछिल्लो समय विद्यादेवी भण्डारीको पक्षमा खुलेका थिए।
संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो।

प्रकाशित: १० साउन २०८२ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast