सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

हिमाल प्रेस ९ साउन २०८२ १८:०८ | Friday, July 25, 2025
सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

सुर्खेत– सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

शुक्रबार बिहान घाइते भएका दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो। करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) मोहनजङ्ग बुढथापाले बताए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ९ साउन २०८२ १८:०८ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast