४९ जना बोकेको अंगारा एयरलाइन्सको विमान दुर्घटना

हिमाल प्रेस ८ साउन २०८२ १३:२७ | Thursday, July 24, 2025
४९ जना बोकेको अंगारा एयरलाइन्सको विमान दुर्घटना अंगारा एयरलाइन्सको एन-२४ विमान। तस्बिर : बीबीसी

काठमाडौँ– रुसी उद्धारकर्मीहरूले बेपत्ता विमानको भग्नावशेष फेला पारेका छन्। ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेको अंगारा एयरलाइन्सको एन-२४ विमान बिहीबार चिनियाँ सीमाको नजिक ब्लागोभेसेन्स्कबाट उडेको थियो।

उक्त विमान चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्न लाग्दा राडारबाट हराएको हो। रुसको आपतकालीन मन्त्रालयले रूसी नागरिक उड्डयनको हेलिकप्टरले विमानको जलेको भाग देखेको जनाएको छ।

बीबीसीका अनुसार अमुर क्षेत्रका गभर्नर भासिली ओरलोभले विमानको खोजीका लागि ‘सबै आवश्यक स्रोतहरू परिचालन गरिएको’ बताएका छन्। विमानमा पाँच बालबालिका पनि सवार रहेको बताइएको छ।

समाचार एजेन्सी तासका अनुसार अमुरको नागरिक सुरक्षा केन्द्रले विमान टिन्डाबाट करिब १६ किलोमिटर (१० माइल) टाढाको डाँडामा फेला परेको जनाएको छ। आपतकालीन सेवाहरूका अनुसार उद्धारकर्ता घटनास्थलतर्फ जाँदै छन्।

 

प्रकाशित: ८ साउन २०८२ १३:२७ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast