नेपाल–भारत सीमामा एसएसबी र तस्कर समूहबीच झडप, पाँच राउन्ड हवाई फायर

हिमाल प्रेस ७ साउन २०८२ १७:३३ | Wednesday, July 23, 2025
नेपाल–भारत सीमामा एसएसबी र तस्कर समूहबीच झडप, पाँच राउन्ड हवाई फायर

काठमाडौँ- नेपाल–भारत सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र तस्करबीच झडप भएको छ। धनुषाको महिनाथपुर सीमानजिक एसएसबी र तस्करबीच बुधबार झडप भएको हो।

झडपका क्रममा गोलीसमेत चलेको छ। घटनामा एसएसबीका दुई जवान घाइते भएका छन्। घाइते जवानहरूलाई सुरूमा बिहारस्थित मधुबनी जिल्लाको जयनगर अस्पतालमा भर्ना गरिए पनि थप उपचारका लागि दरभंगा पठाइएको छ।

एसएसबीका जवान २८ वर्षी राजुकुमार राम ढुंगामुढामा परेर घाइते भएका छन् भने अर्का जवान २२ वर्षीय राज गौडको बायाँ खुट्टामा गोली लागेको छ। घाइते दुवै जवानको हाल दरभंगा मेडिकल कलेज अस्पताल (डीएमसीएच) मा उपचार भइरहेको भारतीय समाचार पोर्टल जागरणले जनाएको छ।

महिनाथपुर क्षेत्रमा केही तस्करहरू नेपालतर्फ खाद्य ल्याइरहेका थिए। उनीहरू यसअघि दुईपटक सामान पार गर्न सफल भएका थिए। मुख्य नाका नभई चोर बाटोबाट आउन खोजेपछि एसएसबीले उनीहरूलाई रोकेको थियो।

एसएसबीले रोक्न खोजेपछि दुवै पक्षबीच झडप भई गोली हानाहान भएको हो। झडप नियन्त्रणमा लिन एसएसबीले पाँच राउन्ड हवाई फायर गरेको बताइएको छ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै जागरणले जनाएअनुसार वडा नम्बर १ निवासी महेन्द्र पासवानका ३२ वर्षीय छोरा भरत पासवानले एक एसएसबी जवानको राइफल खोस्ने प्रयास गरेका थिए।

झडपका क्रममा उनको कम्मरमा गोली लागेको र उनको दरभंगास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।

घटना ‘नो म्यान्स ल्यान्ड’ नजिकै भारतीय भू–भागभित्र भएको हो। यद्यपि प्रहरीले जवानलाई गोली लागेको भन्ने कुरालाई अस्वीकार गरेको छ।

प्रकाशित: ७ साउन २०८२ १७:३३ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast