छोरी भेट्न गएका बाउ आफैँ रहेनन्

हिमाल प्रेस ७ साउन २०८२ ८:३७ | Wednesday, July 23, 2025
छोरी भेट्न गएका बाउ आफैँ रहेनन्

चितवन- चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन्।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए। कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए।

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

प्रकाशित: ७ साउन २०८२ ८:३७ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast