एमालेबारे राप्रपाको टिप्पणी : राजालाई दल खोल भन्ने, राष्ट्रपतिलाई प्रतिबन्ध बन्देज लगाउने, विरोधाभाष

हिमाल प्रेस ७ साउन २०८२ ८:३१
32
SHARES
एमालेबारे राप्रपाको टिप्पणी : राजालाई दल खोल भन्ने, राष्ट्रपतिलाई प्रतिबन्ध बन्देज लगाउने, विरोधाभाष

काठमाडौँ- राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाएको निर्णयलाई विरोधाभाष भनेका छन्।

उनले सामाजिक सञ्जालमार्फत राजालाई राजनीतिमा आउन र चुनाव लड्न चुनौती दिनेहरुले दलबाट राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन बन्देज लगाउनु हदैसम्मको विरोधाभाष भएको टिप्पणी गरेका छन्।

उनले राप्रपामा दुई कार्यकाल नेतृत्व सुनिश्चित भएकाले जालझेल गर्ने र नेतृत्व निर्माणको प्रक्रियामा अवरुद्ध गर्ने काम नहुने बताएका छन्।

प्रकाशित: ७ साउन २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast