मोहन श्रेष्ठले नवराज सुवेदीलाई भने : जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस्

हिमाल प्रेस २९ असार २०८२ ८:४६ | Sunday, July 13, 2025
12
SHARES
मोहन श्रेष्ठले नवराज सुवेदीलाई भने : जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् राप्रपा संस्थापक नेता नवराज सुवेदी र राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको सदस्यता ब्युँताउन निर्वाचन आयोग जान लागेका नवराज सुवेदीलाई इमान नछोड्न भनेका छन्।

आफ्नो सदस्यता खारेज गरेको र पार्टीको अनुशासन आयोगको अध्यक्षबाट समेत हटाएको भन्दै सुबेदी आजै निर्वाचन आयोग जाँदैछन्। यही विषय राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सुवेदीले राप्रपा छाडेको अभिव्यक्ति दिएको भिडियो समेत सार्वजनिक गरेका छन्।

सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि निर्वाचन आयोगमा राप्रपामै रहेको पुष्टि गर्न जान लागेको सुनेको भन्दै श्रेष्ठले आइतबार फेसबुकमा लेखेका छन्, ‘लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नुस्।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि उक्त पार्टीमा विवाद बढेको छ ।

प्रकाशित: २९ असार २०८२ ८:४६ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast