पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

हिमाल प्रेस ७ साउन २०८२ ७:५९ | Wednesday, July 23, 2025
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट- वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका-१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए। उक्त खण्डमा यातयात सञ्चालन ठप्प भएको छ।

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा-कुशिमसेरा सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । रासस

प्रकाशित: ७ साउन २०८२ ७:५९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast