सेयर बजारमा कीर्तिमान, ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ पुग्यो पुँजीकरण

हिमाल प्रेस ६ साउन २०८२ १७:५३
10
SHARES
सेयर बजारमा कीर्तिमान, ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ पुग्यो पुँजीकरण सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार नेप्से परिसूचक ८० दशमलव ९७ अंकले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो। यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो।

नेप्सेमा मंगलबार ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको छ। पुँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ नाघेको नेप्सेले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा एक खर्ब ३६ अर्ब बढी हो। सोमबार ४८ खर्ब २६ अर्ब पुँजीकरण भएको थियो।

सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ६३, जीवन बिमा समूह चार दशमलव ३६ र लघुवित्त समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ। बैंकिङ दुई दशमलव १०, विकास बैंक दुई दशमलव २६, वित्त एक दशमलव ९४, होटल तथा पर्यटन तीन दशमलव ४४ र जलविद्युत् समूह एक दशमलव ९० प्रतिशतले बढेको छ।

त्यसैगरी लगानी तीन दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बिमा दुई दशमलव ५६, व्यापार एक दशमलव ०१ र अन्य समूह तीन दशमलव २६ प्रतिशतले बढेको छ।

मंगलबारको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेन्चर-२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ करोड ८८ लाख ८५ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सनराइज फोकस्ड इक्विटी फन्डको २२ लाख ३७ हजार ३९५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ६ साउन २०८२ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast