
काठमाडौँ- चितवनको खैरहनी नगरपालिकामा सवारीसधानको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका ११ का ३१ वर्षीय राम अवतारको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका-१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित: ६ साउन २०८२ ८:४८
प्रतिक्रिया