ओली अध्यक्ष बन्दा मात्र चुनावमा बहुमत आउँछ : राजीव पहारी

हिमाल प्रेस ६ साउन २०८२ ७:४९ | Tuesday, July 22, 2025
ओली अध्यक्ष बन्दा मात्र चुनावमा बहुमत आउँछ : राजीव पहारी

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज राजीव पहारीले आगामी कार्यकाल पनि एमालेको नेतृत्व हाक्न केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। उनले ओलीलाई नै अध्यक्ष बनाउन सबै सामु आह्वान गरेका थिए।

सोमबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो आह्वान गरेका हुन्।

बैठकमा पहारीले ओलीको नेतृत्वमा जाँदा मात्रै आउँदो निर्वाचनमा बहुमत ल्याउन सकिने जिकिर गरे। ‘११औं महाधिवेशनबाट पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाऔँ,’ पहारीले भने।

अहिलेका लागि पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउनुपर्ने चुनौती रहेको र त्यसका लागि ओली नै चाहिने उनले बताए।

प्रकाशित: ६ साउन २०८२ ७:४९ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast