शेयर लगानीकर्ता अग्रवाल पक्राउ

हिमाल प्रेस ५ साउन २०८२ २१:२९ | Monday, July 21, 2025
शेयर लगानीकर्ता अग्रवाल पक्राउ

काठमाडौँ– सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई पक्राउ परेका छन्। ठगी गरेको आरोपमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ–१४ बस्ने अग्रवाललाई सोमबार पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

जनकपुरधाम–१ घर भई हाल काठमाडौँ–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट अग्रवालसमेतले सेयर दिलाई दिने भन्दै खातामा ६ करोड ४५ लाख रकम हाल्न लगाएका थिए।

सेयर पनि नदिलाएको र रकम पनि फिर्ता नगरी ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा अग्रवाललाई पक्राउ गरेको एसपी बोहराले बताए।

उनका अनुसार ठगी तथा आपराधिक विश्वासघात कसुरमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित: ५ साउन २०८२ २१:२९ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast