मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराज पक्राउ

हिमाल प्रेस ४ साउन २०८२ २०:०५ | Sunday, July 20, 2025
मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराज पक्राउ फाइल तस्बिर

काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पक्राउ परेका छन्। अहिराजलाई आइतबार काठमाडौँ प्रहरीको टोलीले पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी प्रभागका प्रवक्ता अपिलराज बोहराले अहिराजलाई आइतबार पक्राउ गरेको जानकारी दिए। उनले जिल्ला अदालत काठमाडौँबाट उनीमाथि पाँच दिनको म्याद थप गरिएको बताए।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौँ प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो।

प्रहरीले जिल्ला अदालत काठमाडौँबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालेको थियो। उजुरी परेयता अहिराज सम्पर्कविहीन भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले अहिराजलाई मधेश प्रदेशको प्रदेश प्रमुख बनाएको थियो।

प्रकाशित: ४ साउन २०८२ २०:०५ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast