‘कुलिङ पिरियड’ मा एमालेका सांसदहरूले हालेको संशोधनप्रति शेखरको आपत्ति, भने – यो धोका हो

हिमाल प्रेस ४ साउन २०८२ १९:३८
44
SHARES
‘कुलिङ पिरियड’ मा एमालेका सांसदहरूले हालेको संशोधनप्रति शेखरको आपत्ति, भने – यो धोका हो फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामाथि नेकपा एमालेका सांसदहरूले हालेको संशोधनप्रति आपत्ति जनाएका छन्।

सरकारको नेतृत्व गरिरहेको एमालेका सांसदहरूले विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामाथि राष्ट्रियसभामा हालेको संशोधनप्रति कोइरालाले आपत्ति जनाएका हुन्।

उनले गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरित आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र भएको आरोप लगाएका छन्। कोइरालाले सांसदहरूबाट संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्रमात्र नभई गठबन्धनलाई धोकासमेत भएको जिकिर गरेका छन्।

‘नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ। गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरित यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्रमात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोको दिएको हो,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले यो विषयमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने बताएका छन्। साथै एमालेले हालेको संशोधन पास हुन नदिन सबैलाई आग्रह गरेका छन्। कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ। साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न।’

उनले एमालेले संशोधन हाले पनि संघीय निजामती विधेयकबाट कुलिङ पिरियड नहट्ने दाबी गरेका छन्। कोइरालाले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही द्विविधामा नपरे हुन्छ।’

प्रकाशित: ४ साउन २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast