‘भण्डारीको सदस्यता नवीकरण भइसकेको छ’

हिमाल प्रेस ४ साउन २०८२ १७:४८
28
SHARES
‘भण्डारीको सदस्यता नवीकरण भइसकेको छ’

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृ विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन्। पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। भण्डारीको सदस्यता नवीकरण भइसकेको भनेर महासचिव शंकर पोखरेलले नै भनिसकेको उनको भनाइ छ।

शनिबार सकिएको पोलिटब्यूरो बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरण हाल ‘पेन्डिङ’ अवस्थामा रहेको र केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने बताएका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सदस्यता नवीकरण गरिसकेको विषय त महासचिव आफैँले भनिसकेको जिकिर गरे। उनले अध्यक्ष ओली र नेतृत्व भण्डारीबीचको छलफल जिम्मेवारी तोक्नेलगायतका विषयमा केन्द्रित भएको हुनसक्ने बताए।

त्यस्तै उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेतृ भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वषअघि भइसकेको बताएका छन्। एक वर्ष पहिलाको सचिवालय बैठकमा महासचिव पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएको उनले उल्लेख गरे।

‘एक वर्षअघि पार्टी सचिवालय बैठकमा नवीकरण गरेको कुरा महासचिवले नै भन्नुभएको छ। सायद अध्यक्षले पनि त्यसमा सहमति गर्नुभएको थियो। यो प्रश्न त्यसबेला उठेन,’ पाण्डेले भने,‘यो विवाद गर्ने विषयभन्दा पार्टीले सेटल गर्नुपर्छ। अध्यक्षले गर्नुपर्छ प¥यो भने सचिवालय पनि बस्छ।’

उनले भण्डारीको सदस्यताको प्रसंग पोलिटब्यूरो बैठकमा नउठेको बताए। ‘सदस्यताको प्रसंग हिजो भएको छैन। उहाँ राजनीतिमा आउने कुरा, उहाँको सदस्यताको कुरा जम्मै विधान महाधिवेशनअघि बसेर छलफल गरेर टुंगो गर्छु भनेर अध्यक्षज्यूले भनेर बैठक सकिएको थियो,’ पाण्डेले भने।

प्रकाशित: ४ साउन २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast