सक्रिय राजनीतिमा फर्किएकी विद्या एमाले कार्यालयमा

हिमाल प्रेस ४ साउन २०८२ १६:०२ | Sunday, July 20, 2025
सक्रिय राजनीतिमा फर्किएकी विद्या एमाले कार्यालयमा

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज अपराह्न ३ बजे भेट तय भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण भेट एक घण्टाले पछि सारिएको छ।

हाल भण्डारी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक संवादमा जुटिरहेकी छन्। भण्डारीको पार्टी सदस्यता र जिम्मेवारीबारे पार्टीभित्र बहस चुलिँदै गएको बेला ओली र भण्डारीबीचको यो भेटलाई राजनीतिक रूपमा विशेष चासोका साथ हेरिएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिसँग पार्टी सदस्यता तथा भूमिकासम्बन्धी विषयमा संस्थागत निर्णयपूर्व छलफल गर्ने योजना अनुसार भेट तय भएको जानकारी दिएका छन्।

सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी भण्डारीले सदस्यता नवीकरण गरिसकेको दाबी गरेकी छन्। तर अध्यक्ष ओलीले हालसम्मको पदाधिकारी बैठकमा सदस्यता नवीकरण नभएको खुलासा गरेका थिए।

शनिबार सम्पन्न पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता ‘पेन्डिङ’ रहेको बताएका थिए।

प्रकाशित: ४ साउन २०८२ १६:०२ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast