ललितपुरमा आज शोक बिदा

हिमाल प्रेस ४ साउन २०८२ ११:१७ | Sunday, July 20, 2025
ललितपुरमा आज शोक बिदा

काठमाडौँ- ललितपुर महानगरपालिका र अन्तर्गतका कार्यालयमा आइतबार शोक बिदा दिइएको छ। महानगरपालिकाले पूर्वमन्त्रीसमेत रहेका महानगरपालिकाका पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा शोक बिदा दिएको हो। ८९ वर्षीय बज्राचार्यको निधन शनिबार भएको थियो।

उनी २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री थिए। त्यसअघि २०६० मा ललितपुरको नगर प्रमुख भएका थिए। उनी २०२७ मा तत्कालीन ललितपुर पञ्चायत–१७ वडाको वडाध्यक्ष, २०३२ सालमा ललितपुरको प्रधानपञ्च र २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए।

प्रकाशित: ४ साउन २०८२ ११:१७ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast