विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’

हिमाल प्रेस ३ साउन २०८२ २०:५१ | Saturday, July 19, 2025
विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’

काठमाडौँ – नेकपा एमालेले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामा राखेको छ। पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता ‘पेन्डिङ’ अवस्थामा रहेको बताएका हुन्।

भण्डारीको सदस्यता नवीकरणबारे निर्णय नभएको र अहिले ‘पेन्डिङ’ अवस्थामा रहेको उनले जानकारी दिए। उनको सदस्यता नवीकरणबारे पार्टीले पछि निर्णय गर्ने गौतमले बताए।

‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ। विधानको धारा ८ र ९ आकर्षित भएको भनिएको छ, त्यसैले स्थगन अवस्थामा छ भन्ने बुझिन्छि,’ उनले भने।

गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने विषयमा विभिन्न कोणमा गम्भीरताका साथ छलफल भइरहेको बताए।

‘राष्ट्रकै उच्च पदमा पुगेको व्यक्ति पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा छलफल भयो। पार्टीमा आउने कुराले के प्रभाव पार्छ भनेर कुरा उठेको छ,’ उनले भने,‘स्वेच्छाले राजीनामा गरेको व्यक्तिले पुनः आउने कुरामा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा पार्टीले आवश्यक निर्णय गर्छ।’

प्रकाशित: ३ साउन २०८२ २०:५१ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast