ओली–विद्या विवाद चमत्कारिक रूपमा ‘सेटल’ हुन्छ : कृष्णभक्त पोखरेल

हिमाल प्रेस ३ साउन २०८२ १८:४९ | Saturday, July 19, 2025
ओली–विद्या विवाद चमत्कारिक रूपमा ‘सेटल’ हुन्छ :  कृष्णभक्त पोखरेल

काठमाडौँ– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले वर्तमान गठबन्धनको विकल्प नरहेकाले आगामी २०८४ सम्म कायम रहने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पोखरेलले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुने समेत ठोकुवा गरे।

उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गर्दै केपी ओलीपछि शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्ने जिकिर गरे। नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको समेत स्पष्ट पारे।

अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हुने उनले बताए। उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको बताउदै केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने जानकारी दिए।

उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनै पनि संविधानभन्दा कम नरहेको जिकिर गरे। मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने उनले बताए।

*शीर्षक अन्यथा भएकाले सच्याइएको छ

प्रकाशित: ३ साउन २०८२ १८:४९ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast