म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

हिमाल प्रेस ३ साउन २०८२ ११:४३
4
SHARES
म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/०८२ मा पशुपन्छी र माछापालक कृषकलाई ३८ लाख अनुदान वितरण गरेको छ। त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रुपैयाँ अनुदान पाएका हुन् ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए।

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन संकलन, स्थलगत मूल्यांकन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनको भनाइ छ।

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई चार लाख २२ हजार ७९० रुपैयाँ, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसी पालक किसानलाई दूध उत्पादनमा आधारित नौ लाख ९९ हजार ९८० रुपैयाँ वितरण गरिएको छ।

६ वटा फर्मलाई कृषि ब्याजमा ९९ हजार ९६०, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फार्म तथा किसानलाई दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन्।

तीन-तीन वटा फार्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि ८५ हजार २१५ र एक लाख ५८ हजार १३० रुपैयाँ तथा अन्नपूर्ण गाउँपालिका– ५ को चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि तीन लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभास रेग्मीले जानकारी दिए । यसबाट दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएको उनको भनाइ छ।

दश हजार १०८ गाईरगोरु, १६ हजार २८६ भैँसीररागो र २८७ बंगुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ।पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पीपीआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए । रासस

प्रकाशित: ३ साउन २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast