सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चनसहित हलमा हिन्दी फिल्मको वर्चश्व

हिमाल प्रेस ३ साउन २०८२ ७:३७
22
SHARES
सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चनसहित हलमा हिन्दी फिल्मको वर्चश्व

काठमाडौँ- आज साउनको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता पुस्तक विमोचन, नाटक मञ्चनदेखि केही विदेशी फिल्म हलमा लागेको छ। नेपाली फिल्ममा ‘ऊनको स्वीटर’ सीमित हलमा चलिरहेको छ।

हेरौं, उपत्यकामा केके हुँदै छ?

उमेश अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ लोकार्पण
आज एयरपोर्टस्थित एयरपोर्ट होटलमा उमेश अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ लोकार्पण हुँदैछ। रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा कार्यक्रम दिउँसो १२ः ३० बजे सुरू हुनेछ। कार्यक्रममा वक्ताका रूपमा कवि श्रवण मुकारुङ र विमला तुम्खेवा, विशेष अतिथिमा कवि रमेश क्षितिज, पत्रकार राजकुमार बानियाँ र कलाकार जीवन लुइँटेल उपस्थित हुनेछन्। कार्यक्रम इन्डिगो इन्कले आयोजना गरेको हो।

मण्डलामा ‘चन्द्रलाई कसले मा¥यो’
नाटक ‘चन्द्रलाई कसले मा¥यो’ असार २५ देखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ। नाटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसहरूले पहिचानको लागि परिवार, समाज र साथीभाईसँग गर्नु परिरहेको संघर्षको कथामा आधारित छ। नाटकका परिकल्पनाकार, लेखक र निर्देशक सन्दिप श्रेष्ठ हुन्। उनी नै नाटकको भुख्य भूमिकामा छन्। अन्य कलाकारमा सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, भावना उप्रेती, पृतिशा अधिकारी र किरण चापागाईंले अभिनय गरेका छन्। यही साउन १८ सम्म सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ।

‘हराएको कुकुर’
मण्डलामै अर्को नाटक ‘हराएको कुकुर’ को मञ्चन भइरहेको छ। नाटक मणि कुलुङ राईको कथा र निर्देशनमा बनेको छ। रविन तामाङको नाट्य रूपान्तरण रहेको नाटकलाई राज्यद्वारा हराइएको सत्यको प्रतीकको रूपमा लिइएको छ। नाटकमार्फत राज्य संरचनामा भइरहेको अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्ने प्रयास गरेको छ।
यही साउन ४ सम्म मञ्चन हुने नाटकको आज दिउँसो १२ बजे र ४ बजेको दुई सो हुँदैछ। नाटकमा किरण नेपाली, स्मृती कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ र सुनिल वाहिङ राईले अभिनय गरेका छन्।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

सैयारा
बलिउड फिल्म ‘सैयारा’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म ड्रामा र रोमान्टिक जनरामा बनेको छ। फिल्मका निर्देशक कोहित पुरी हुन्। फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्समा फिल्मको २५ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा बलिउड फिल्म ‘सैयारा’ प्रदर्शनरत छ।

आइ नो द्याट यु डिड लास्ट समर
साउन २ देखि नेपालमा अंग्रेजी फिल्म ‘आइ नो द्याट यु डिड लास्ट समर’ प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्मका निर्देशक जेनिफर केटिन रोबिन्सन हुन्। फिल्ममा मेडलिन क्लाइन, चेस सुई वन्डर्स, जोनाह हाउर– किङलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको १० सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स फिल्म ‘आइ नो द्याट यु डिड लास्ट समर’ चलिरहेको अन्य हल हुन्।

निकिता रोय
बलिउड फिल्म ‘निकिता रोय’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्मका निर्देशक कुश सिन्हा हुन्। फिल्ममा परेश रावल, सोनाक्षी सिन्हा, अर्जुन रामपाललगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘निकिता रोय’ चलिरहेको छ।

तान्भी द ग्रेट
बलिउड फिल्म ‘तान्भी द ग्रेट’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्म खनुपम खेरले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक खेरसहित इयन ग्लेन, शुभांगी दत्त, ज्याकी स्राफ, नस्सर, बोमन इरानीलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाका राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ११ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, सिटी सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज फिल्म बलिउड फिल्म ‘तान्भी द ग्रेट’ चलिरहेको अन्य हल हुन्।

सुपरम्यान
हलिउड फिल्म ‘सुपरम्यान’ यही असार २७ देखि नेपालमा प्रर्दशन भइरहेको छ। एक्सन एडभेञ्चर र फेस्टासी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा डेभिड कोरेनस्वेट, राहेल ब्रोस्नाहान, इसाबेला मर्सिङ, नाथन फिलियन, एलन टुडिकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको १८ सो छ।आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज र सिटी सिनेमाजमा फिल्म ‘सुपरम्यान’ चलिरहेको छ।

मालिक
बलिउड फिल्म ‘मालिक’ असार २७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम, ड्रामा थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक पुल्की हुन्। राजकुमार राव मुख्य भूमिकामा रहेको फिल्ममा स्वानन्द किरकिरे, हुमा केरेसीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, बिएसआर मुभिज र सिटी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

जुरासिस वल्र्ड:  रिवर्थ
हलिउड फिल्म ‘जुरासिस वल्र्ड: रिवर्थ’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेञ्चर, साइन्स फिक्सन र थ्लिर जनराको समीश्रणमा बनेको छ। ग्यारेथ एडवडरस निर्देशित फिल्ममा स्कारलेट जोहानसन, रूपर्ट फ्रेन्ड, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मल र वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

मेट्रो इन डिनो
बलिउड फिल्म ‘मेट्रो एन डिनो’ असार २० देखि नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्स र ड्रामा जनरामा बनेको फिल्म अनुराग बासुले निर्देशन गरेका हुन्। पंकज त्रिपाठी, आदित्य रोय कपूर, सारा अलि खान, अनुपम खेर, अलि फजललगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिजमा फिल्म ‘मेट्रो इन डिगो’ चलिरहेको छ।

एफ १ः द मुभि
हलिउड फिल्म ‘एफ १ः द मुभि’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोसेफ कोसिन्स्की हुन्। फिल्ममा ब्राड पिट जेभियर बार्डेम, ड्यामसन इद्रिसलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको २ सो छ।

मा
बलिउड फिल्म ‘मा’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्ममा काजोल, रोनित रोय इन्द्रनिल सेनगुप्तालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विशाल फरिया हुन्। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

सितारे जमीन पर
बलिउड फिल्म ‘सितारे जमीन पर’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आर.एस. प्रसन्न हुन्। फिल्ममा आमिर खान, जेनेलिया देशमुख, बृजेन्द्र कालालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल र एफक्युब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: ३ साउन २०८२ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast