सौर्य एयरलाइन्स दुर्घटनाको प्रतिवेदन सार्वजनिक

हिमाल प्रेस २ साउन २०८२ १६:३७ | Friday, July 18, 2025
सौर्य एयरलाइन्स दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ– दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० जहाजको जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ।

शुक्रबार मन्त्रालयमा आयाजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’ मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ।

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डययन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रकाशित: २ साउन २०८२ १६:३७ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast