
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो सागपातहरूको थोक मूल्य निर्धारण गरेको छ।
पालुङो साग र रायो साग दुवैको थोक मूल्य ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने तोरीको साग ६० रुपैयाँमा उपलब्ध छ। हरियो प्याज १७० रुपैयाँ, जिरीको साग १००, सौफको साग १७०, पुदिना २००, तामा १२० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
साथै, पार्सले र सेलरी १२० रुपैयाँ, सजिवन २२०, ब्रोकाउली ७५ र चुकुन्दर ७० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ।
प्रकाशित: २ साउन २०८२ ९:४०
प्रतिक्रिया