तारकेश्वर नगरले दिन्छ लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता

हिमाल प्रेस २ साउन २०८२ ६:२७
16
SHARES
तारकेश्वर नगरले दिन्छ लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता

काठमाडौँ- तारकेश्वर नगरपालिकाले सामाजिक समावेशीकरण नीतिअनुसार नगरभित्र रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराएको छ। नगरपालिकाको १५औँ नगरसभाबाट पारित निर्णयअनुसार उनीहरूलाई मासिक पाँच हजार रुपैयाँ प्रदान गरिएको हो।

बिहीबार पत्रकारहरूसँगको अन्तक्रियामा बोल्दै नगरप्रमुख कृष्णहरि महर्जनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति नगरपालिका सकारात्मक रहेको र रोजगारीका अवसरहरूमा उनीहरूको सहभागिता बढोस् भन्ने चाहना रहेको बताए।

महर्जनले भने,‘देशभर रहेकाहरूलाई सकिन्न, बजेट पुग्दैन। तर बार्षिक ५–७ लाख रुपैयाँ बजेट छुट्याउन गाह्रो छैन। लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरू रोजगारीका लागि खुलेर आओस् भन्ने हाम्रो चाहना हो। स्थानीय खुल्न चाहनुहुन्न, बाहिरकाचाहिँ आउन चाहनुहुन्छ। पालिकामा बसाइँसराइ गरेर कोही आउनुहुन्छ भने उहाँहरूलाई पनि दिन्छौँ।’

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा सञ्चालन हुने यो कार्यक्रम तारकेश्वर नगरपालिकामा पहिलोपटक लागू हुने सामाजिक समावेशी कार्यक्रमहरूमध्ये एक हो।

नगरप्रमुख महर्जनले स्थानीय तहमार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण बनाउनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast